फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्न सकिने, ३०० रुपैयाँसम्मकाे छुट

  २०७८ साउन १० गते १५:४०     विकासन्युज

काठमाडाैं । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र मोबाइल वालेट इसेवाबिच सहकार्य सुरु भएको छ ।

यस सहकार्य अनुसार फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइलवालेट इसेवामार्फत खानाकाे अर्डरमा भुक्तानी गर्न सक्ने छन् ।

फुडमाण्डूमा हुने अर्डरहरूमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रुची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहजहुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न मालीले बताए ।

‘हाम्रोमा अहिले ३० प्रतिशतभन्दा धेरै अनलाइन पेमेन्ट भईरहेको छ र ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरेका छौँ । यसले अब ग्राहकहरुलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ,’ उनले भने ।

सहकार्यको अवसरमा फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा ३०० सम्मको छुट दिने घोषणा समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.