अब खल्तीबाट माेबाइलमा टपअप गर्दा १० प्रतिशत क्यासब्याक पाइने

  २०७८ साउन १० गते १३:३१     विकासन्युज

काठमाडाैं । अब खल्ती डिजिटल वालेटबाट मोबाइलमा टपअप गर्दा १० प्रतिशत क्यासब्याक पाइने अफर ल्याएकाे छ । कम्पनीले खल्तीमा रजिष्टर माेबाइल नम्बर टपअपमा १० प्रतिशत क्यासब्याक अफर ल्याएकाे हाे ।

खल्ती, नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी हो । यो अफर टपअप सेवामा हालसम्म नेपालकै सबैभन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको कम्पनीले जानकारी दिएकाे छ ।

प्रयोगकर्ताहरुको लागि रहेको यस अफरले मोबाइल टप अप गर्न रिचार्ज कार्ड स्क्रयाच गर्नपर्ने झन्झटलाई न्युनिकरण गरी ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर संचालनमा ल्याईएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक शिरिष श्रेष्ठले बताए ।

एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन केवाईसि भेरिफाइड रहेको खल्ती आईडीकै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ ।

कम्पनीकाे अनुसार यो योजना सिमित समयावधिको मात्र लागि रहेको छ ।

हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम क्यासब्याक १०० हुनेछ। त्यसपश्चात् १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ । यस्तै आफ्नो बाहेक अरुको नम्बर रिचार्जमा पनि सामान्य रूपमा पाइने १ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ ।

रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्ज्याक्सन हिस्ट्रीमा पुरै क्यासब्याक पाएको देख्न सकिने कम्पनीले जनाएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.