उपत्यकाका तीन जिल्लामा संक्रमण बढेसगैँ निषेधाज्ञा थप गर्ने तयारी

  २०७८ साउन १० गते ११:०२     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । पछिल्लो समय निषेधाज्ञामा केही खुकुलो बनाएसगैँ संक्रमितको संख्यामा बृृद्धि हुन थालेको छ ।

संक्रमितको संख्यामा बृद्धि भएसगैँ केही समय निषेधाज्ञालाई निरन्तरता दिने तयारी भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनले निषेधाज्ञा पुरै नहट्ने बताउँदै सार्वजनिक सवारीसाधन खुलेपनि उपत्यकाभित्र रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाइ हुनसक्ने बताए ।

‘अहिले नै रात्रि व्यवसाय खुलाउन सक्ने अवस्था छैन, फिल्म हल र जीमखानाबारे आज छलफल गरेर निर्णय गर्छौ’, उनले भने ।

निषेधाज्ञाको मोडालिटीको विषयमा निर्णय गर्न आईतबार चार बजे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । उनका अनुसार आजको बैठकमा निषेधाज्ञा थप गर्नेदेखि थप खुला गर्ने क्षेत्रको विषयमा छलफल हुनेछ ।

हाल विभिन्न क्षेत्रका व्यवसाय सञ्चालन गर्न समय तोकिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आइतबार राति १२ बजे सकिँदै छ । दोस्रो लहरको कोरोना महामारीलाई ध्यानमा राख्दै गत बैशाख १६ गतेदेखि तीन जिल्लामा निषेधाज्ञा लागु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.