नेपाल इन्स्योरेन्सको कामु सीईओ ईश्वर पोखरेल

  २०७८ साउन ८ गते १५:१५     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको कायम मुकाय (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)काे जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् । साउन ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओकाे जिम्मेवारी दिएकाे हाे ।

सीईओ विजय बहादुर साहको कार्यकाल सकिएसँगै कम्पनीले पोखरेललाई कामु सीईओमा नियुक्त गरेको हो । हाल उनी कम्पनीको डेपुटी सीईओको पदमा कार्यरत छन् ।

नवनियुक्त कामु सीईओ पोखरेलले कम्पनीको अर्को व्यवस्था नभएसम्म कम्पनीको उक्त पदको कार्यभार सम्हाल्ने छन् ।

साथै, तत्काल बाहिरबाट सीईओ ल्याउने तयारी कम्पनीको नरहेको इन्स्योरेन्सका एक सञ्चालकले विकासन्युजसँग भने ।

इन्स्योरेन्सको डेपुटी सीईओमा नियुक्त हुनुअघि पोखरेलले युनाईटेड फाइनान्समा पनि डेपुटी सीईओको कार्यभार सम्हालेका थिए ।

सम्बन्धित समाचार

नेपाल इन्स्योरेन्सबाट बिदा हुँदै सीईओ शाह, लगानी वृद्धिसँगै हालसम्मकै उच्च नाफा कमाउन सफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.