गायक सपुत र दुलाल बने ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’

  २०७८ साउन ७ गते १९:२६     विकासन्युज

काठमाडाैं । सरकारले लोकगायक प्रकाश सपुत र लोक गायिक सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको छ ।

नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी गायक सपुत र गायिक दुलाललाई गीत संगीतको माध्यामबाट समुदायमा विपद् सम्बन्धि जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो ।

गीत संगीतको माध्यमबाट समूदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश प्रवाह गर्न उनीहरुलाई सो सम्बन्धि सदभावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए ।

“विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका क्रियाकलापहरु प्रभावकारी रुपमा कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्न अति आवश्यक हुन्छ, यसै सन्दर्भमा गीत संगीतको माध्यमबाट समूदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट बाग्लुङ र सिन्धुपाल्चोक जिल्लाका स्थायी बासिन्दा तथा लोकप्रिय गायक, गायिका सपुत र दुलाललाई विपद जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ,” उनले भने ।

प्राधिकरणले यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला बाढी, पहिरोबाट बढि प्रभावित रहेको उल्लेख गर्दै त्यसको क्षतिको मूल्यांकन गर्ने काम भईरहेको पनि जनाएको छ । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.