ललितपुर महानगरले भोलि बजेट ल्याउने, साढे ५ अर्बको बजेट

  २०७८ असार ३० गते १७:००     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाले बिहीबार (असार ३१ ) गते आगामी आर्थिक वर्ष २०७८/७९ बजेट ल्याउने भएको छ । यसअघि विवादका कारण रोकिएको बजेट महानगरले भोलि १० बजे ल्याउन लागेको हो ।

महानगरका प्रवक्ता राजु महर्जनले बिहीबार बिहान १० बजेबाट बजेट सार्वजनिक गर्ने बताए । उनका अनुसार महानगरले आगामी ५ अर्ब ५५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्ने तयारी भएको छ ।

कानुन अनुसार सबै स्थानीय तहले असार १० गतेभित्रमा बजेट सार्वजनिक गर्नै पर्छ । तर, महानगरको नगरसभा बहुमत सदस्यले बहिष्कार गरेका कारण भोली बजेट ल्याउन लागेको हो ।

यसअघि नगरसभामा रहेका ९२ सदस्यहरूमध्ये ६६ जनाले महानगरको सभा बहिस्कार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.