निफ्राको सञ्चालकमा शर्मा नियुक्त, यस्तो बन्यो सञ्चालक समिति

  २०७८ असार २८ गते ११:५५     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा धनिराम शर्मा नियुक्त भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भएका सञ्चालक शर्माले असार २७ गतेदेखि नै आफ्नो जिुम्मेवारी सम्हालेका छन् ।

संचालक शर्माले बैंक सञ्चालक समितिमा रहेर आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

यससअघि उक्त पदमा श्रीकृष्ण नेपाल रहेका थिए । अर्थ मन्त्रालयको तर्फबाट मनोनित भई बैंक सञ्चालक समितिमा रहेका सञ्चालक नेपालको पदावधि सकिएसँगै मन्त्रालयले शर्मालाई मनोनित गरेको हो ।

यससँगै, हाल निफ्राको सञ्चालक समितिमा ४ जना मात्रै रहेका छन् । जसको नेतृत्व अध्यक्ष अनुज अग्रवालले गरेका छन् । उनी विशाल ग्रपका प्रतिनिधि हुन् । यससँगै, सञ्चालकमा नेपाल सरकारको प्रतिनिधि धनिराम शर्मा, आईएमईका प्रतिनिधि चन्द्रप्रसाद ढकाल र इमर्जिङ्ग नेपालका प्रतिनिधि लालमणी जोशी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.