नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली, पूँजी बजारको उन्नति गर्ने प्रतिवद्धता

  २०७८ असार १५ गते १४:२२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) काे अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयको निर्णय अनुसार मन्त्रालयका सहसचिव मैनाली नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन् ।

मन्त्रालयले गत असार १४ गते मैनालीलाई नेप्सेको सञ्चालक तथा अध्यक्ष मनोनयन गरेको हो । नवनियुक्त अध्यक्ष मैनालीले पदबहाली गर्दै धितोपत्रको दोश्रो बजार तथा समग्र पुँजी बजारको उन्नतिका लागि आफु प्रतिवद्ध रहेको बताएका छन् ।

मैनाली यसअघि राजश्व अनुसन्धान विभागको महानिर्देशक रुपमा थिए ।  उनले विभागमा रहँदा प्रभावकारी काम गरेकोले उनकाे चौतर्फि रुपमा चर्चा पनि भएको थियो । त्यसपछि उनी अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरुवा भएका थिए । हाल उनी अर्थ मन्त्रालयमै छन् ।

उनले तत्कालका लागि सरकारले अर्थमन्त्रालयको प्रतिनिधिका रुपमा नियुक्त गरेको भएपनि दीर्घकालिन रुपमा भने अन्य कसैलाई राख्न सक्ने बताए ।

‘अहिले तत्काल काम चलाउनको लागि मलाई नियुक्त गरिएको हो, हामी सधैँ त्यहाँ रहँदैनौं, अर्थ अन्तर्गतको निकाय रहेकोलेले मात्रै अर्थले प्रतिनिधित्व गरेको हो,’ उनले भने ।

यस्तै उनले पूँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से सञ्चालक समितिका अनुभवी सदस्यहरु तथा व्यवस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरेकाे पनि बताएका छन् ।

One comment on "नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली, पूँजी बजारको उन्नति गर्ने प्रतिवद्धता"

  • दलाल पिडित लगानीकर्ता says:

    लौन सर , दलालको दादागिरीले लगानीकर्ता हैरान भैसके। जति सक्दो चांडो बैंकलाई ब्रोकर लाईसेन्स प्रदान गरि लगानीकर्तालाई दलालबाट भोगेको थिचोमिचोबाट मुक्त गरे दिनु हुन अनुरोध गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.