राष्ट्रिय धान दिवस: नेपाललाई वार्षिक १० लाख टन अपुग

  २०७८ असार १५ गते १०:३२     विकासन्युज

काठमाडाैं । आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस । देशभर राष्ट्रिय धान दिवश मनाइँदैछ ।

कोरोना संक्रमणको जोखिम बीच देशका विभिन्न ठाउँमा धान दिवश तथा रोपाइँ महोत्सव मनाइदै छ । यो वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ बिबिध कार्यक्रममको आयोजना गरिएका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको बिभागले बताएको छ । १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागले बताएको छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७ औं स्थानमा पर्छ ।

यसै सन्दर्भमा कृषि तथा पशुपंक्षी विकाश मन्त्रि बसन्त कुमार नेम्बाङले शुभकामना सन्देश दिँदै कोरोना संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर काम गर्न अनुरोध गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा किसान र कृषि लक्षित बजेट तथा कार्यक्रमले किसानको आर्थिक उत्थान र सम्वृद्धि हाशिल गर्न सहयोग गर्ने विश्वाश लिएको कृषि मन्त्रि नेम्बाङले बताए।

गत वर्ष धान उत्पादनमा वृद्धि भए पनि अझै नेपाल चामलमा आत्मनिर्भर बन्न सकिरहेको छैन । नेपाललाई कृषि प्रधान मुलुकका रूपमा लिइए पनि चामलमा आत्मनिर्भर बन्न नसक्नु दुःखद् भएको विज्ञहरूको भनाइ छ । कृषि मन्त्रालयका अधिकारीहरूको अनुसार नेपाललाई वार्षिक १० लाख टन अपुग हुन्छ । नेपालमा उत्पादन हुने बाली मध्ये धान सबैभन्दा बढी प्रयोग हुने खाद्यान्न रुपमा रहेको छ ।

धान नेपालीको संस्कार र संस्कृतिसँग जोडिएको भए पनि उत्पादन अनुपात घटेर आयात बढेको अवस्था छ । यद्यपि सरकारले नेपालीहरूको मुख्य खाद्यान्नका रुपमा प्रयोग हुँदै आएको धान चामलमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आएको छन् ।

साथै, आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि ५ वर्षको अवधिमा धान उत्पादनमा आत्मनिर्भर हुने बताएको छ ।

आजकृषि विभाग १८ औं राष्ट्रिय धान दिवश तथा रोपाइँ महोत्सवको कार्यक्रम खुमलटारस्थित कृषि अनुसन्धान परिषद् खेतमा गरेको छ । यसबाहेक धान उत्पादन हुने सबैजसो जिल्लाहरुमा धान दिवशको कार्यक्रम हुने विभागले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.