टेकु अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त

  २०७८ असार १४ गते १८:२३     विकासन्युज

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग(टेकु) अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त भएका छन् । आज(असार १४ गते) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयले उनलाई अस्पतालको निर्देशकमा नियुक्त गरेको हो ।

यसअघि उनी अस्पतालको प्रमुख कन्सल्टेण्ट रहेका थिए । हाल अस्पतालको निर्देशकको कार्यभार सम्हाल्दै आएका डा. सागर राजभण्डारीले मंगलबारदेखि अवकाश पाउने भएपछि डा. बास्तोलालाई निर्देशक पदमा नियुक्त गरिएको हो ।

संक्रमण रोग विशेषज्ञ समेत रहेका डा बास्तोलाको नेतृत्वमा शुक्रराज अस्पतालका कोरोना संक्रमितको उपचार हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.