हालसम्म कतिले भरे जीवन विकास लघुवित्तको आईपीओ ?

  २०७८ असार १३ गते १०:५१     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा हालसम्म १३ लाख बढी जनाले आवेदन दिएका छन् । आज(असार १३ गते) बिहान साढे १० बजेसम्ममा १३ लाख १५ हजार ३१० जनाले संस्थाको सेयर माग गरेका सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सेयर निष्काशन गरेकाे तेश्राे दिनकाे पहिलाे हावरसम्ममा सो आवेदकले २ करोड ३८ हजार ९४० कित्ता सेयर माग गरिसकेका छन् । जुन संस्थाले सर्वसाधारमा माग गरेकाेभन्दा १०.८४ गुणा बढी आवेदन हाे । संस्थाले  सर्वसाधारणमामात्रै १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेकाे छ ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

जीवन विकासको योजनाः एक वर्ष भित्रै ५८ वटा शाखा खोल्ने, कर्जा लगानीमा आक्रामक बन्ने

यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ ।

थप सामाग्री

जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल

जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.