‘तरलता टाइट भयो, घरजग्गा, अटो, र सेयर धितो कर्जा कन्ट्रोल हुने नीति ल्याऔं’

  २०७८ असार ११ गते १७:४८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले घरजग्गा, अटो व्यापार र सेयर धितो कर्जाले तरलतालाई कमजोर पार्न भूमिका खेलिरहेको बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उनले घरजग्गा, अटो व्यापार र सेयर धितो कर्जाले तरलतालाई कमजोर पार्न भूमिका खेलिरहेको बताएका हुन् ।

यी विषयलाई नियन्त्रण गर्न आवश्यक नीति ल्याउन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा उनले पछिल्लो समय तरलता टाइट हुँदै गएको बताउँदै यसलाई कमजोर पार्न भूमिका खेलिरहेका क्षेत्रमा भइरहेको कर्जा प्रवाह नियन्त्रण गर्नु पर्ने धारणा राखेका हुन् । यसका लागि नेपाल राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीति मार्फत नीति बनाएर अगाडि बढ्नु पर्ने धारणा राखे ।

‘लिक्विडिटी टाइट छ, यसमा ठूलो चाप पर्ने देखिएको छ, अहिले डर लाग्दो अवस्था पनि छ, तरलताको व्यवस्थापन गर्नको लागि दरिलो नीति ल्याएन भने ठूलो संक्ट आउन सक्छ, अहिले धेरै कर्जा प्रवाह घरजग्गा, अटो व्यापार र शेयर धितोमा गएको छ, यसको नियन्त्रणका लागि मौद्रिक नीति मार्फत आवश्यक नीति ल्याउन आवश्यक छ,’ उनले भने ।

उनले मौद्रिक नीतिले पुनरकर्जा, रिसेड्युलिङका कार्यक्रमहरु पुनः एग्रेसिभ भएर ल्याउनु पर्ने बताए । ‘पर्यटन क्षेत्र तथा होटलका लागि विशेष प्याकेज ल्याउनु पर्छ, व्यवसायिक निरन्तरता कर्जालाई निरन्तरता र प्रभावकारी बनाउन आवश्यक छ, धितो राखेर कर्जा प्रवाहमा फरक खालकोे व्यवस्था गर्नु पर्ने देखिएको छ, डिजिटल पेमेन्ट सम्बन्धि नीतिलाई प्रोत्साहन गर्नुपर्छ, ’ उनले भने ।

यस्तै, उनले अर्थतन्त्रलाई लयमा फर्काउन कोभिड-१९ विरुद्धको खोप नै सबैभन्दा महत्वपूर्ण भएको धारणा राखे । उनले खोप ल्याउन नसक्नुले दीर्घकालीन समस्या समाधान नहुने समेत बताए । गत वर्ष घोषणा गरिएको व्यापार व्यवसाय पुनर्कर्जा सुविधा धेरैले सहजै नपाएको बताउँदै उनले त्यसकाे  वितरणको व्यवस्था सहज हुनु पर्ने पनि धारणा राखे ।

One comment on "‘तरलता टाइट भयो, घरजग्गा, अटो, र सेयर धितो कर्जा कन्ट्रोल हुने नीति ल्याऔं’"

  • Nitesh Agrawal says:

    Ahile share ma policy revise garnnu hunna….otherwise big mess will create in capital market with conversion of bull to bearish….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.