निम्बसले सहायता केन्द्रलाई वितरण गर्यो १० लाख बढी मास्क

  २०७८ असार ८ गते १९:४८     विकासन्युज

काठमाडौं । निम्बसले कोभिड-१९ को दोस्रो लहरले लिएर आएको यस कठिन समयमा मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । कम्पनीले जनताको सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको हो ।

निम्बसले अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरुलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

निम्बसको प्रबन्धनिर्देशक आनन्द बगरिया भन्छन्,’आफ्नो ज्यानजोखिममा राखी यस महामारी विरुद्ध लड्नुहुने सबैजनाप्रतिहामी कृतज्ञ छौं । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायतानपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं ।’

उच्च गुणस्तरको प्रो टेक प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशत इथानोल युक्त स्यानिटाइजर उत्पादन गर्ने प्रो टेक निम्बसको स्वास्थ सामाग्री उत्पादन गर्ने अंग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.