दोश्रो बजारमा शुरु भयो प्रभु सेलेक्ट फण्डको यात्रा, मूल्य बढ्दो

  २०७८ असार ८ गते १३:४७     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा प्रभु सेलेक्ट फण्डको यात्रा शुरु भएको छ । सोमबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको फण्डको आज अर्थात असार ७ गतेदेखि दोश्रो बजारको यात्रा शुरु भएको हो ।

पहिलो कारोबारमा फण्डको प्रतिइकाई १० रुपैयाँमा भएको थियो । यससँगै यो समाचार तयार पार्दासम्म फण्डको मूल्य ३ प्रतिशतले बढेको छ । दिउँसो १ बजेर ३६ मिनेटजाँदा फण्डको ईकाई मूल्य ३ प्रतिशतले बढेर प्रतिईकाई १०.३० रुपैयाँ पुगेको छ ।

यो अवधिसम्म फण्डको ६८ हजार ८३३ कित्ता ईकाई खरिदमा रहेका छन् भने ७३ हजार ५०० कित्ता बिक्रीमा रहेको छ । उक्त फण्ड ‘पीएसएफ’ सिम्बोलबाट काराेबार भइरहेकाे छ ।

प्रभु क्यापिटलको सामूहिक लगानी कोष योजना अन्तर्गतको प्रभु सेलेक्ट फण्ड हिजाे मात्रै नेप्सेमा सूचीकृत भएको थियाे ।  नेप्से र प्रभु क्यापिटलबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष इकाई फण्ड सूचीकरण गर्ने सम्झौता भएको थियाे ।

उक्त फण्ड बाँडफाँड भएकाे एक महिना नबित्दै दाेश्राे बजारमा सूचीकृत भएकाे हाे । क्यापिटलले हालै जारी गरेकाे १ अर्ब २५ करोड रुपैयाँको उक्त फण्ड गत जेठ १४ गते मात्र बाँडफाँड भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.