लाभांश पारित गर्न राधी विद्युतले डाक्यो साधारणसभा, हकप्रदको लागि अख्तियारी दिने

  २०७८ असार ८ गते ११:१०     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनीले आगामी असार २९ गते वार्षिक साधारणसभा बोलाएको छ । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको साधारणसभा असार २९ गते बिहान ११ बजे बस्ने निर्णय गरेकाे हाे ।

सभाले सेयरधनीलाई गत वर्षको नाफाबाट चुक्ता पुँजीको ३६.५ प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ ।

त्यस्तै,  सभाले बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत (१ः१.४७५२) कित्ता हकप्रद सेयर जारी गर्न आवश्यक कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी असार १५ गतेदेखि असार २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यससँगै असार १४ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउन र साधारणसभामा भाग लिनको लागि योग्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.