नागरिक लगानी काेषले पर्यटन क्षेत्रका कर्मचारीलाई पैसा सापटी दिने, कति पाइन्छ ?

  २०७८ असार ६ गते १५:४४     विकासन्युज

काठमाडाैं । नागरिक लगानी काेषले कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा दिने भएकाे छ । काेषले पर्यटन उद्योगसँग सम्बन्धित होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई विशेष सापटी सेवा दिन भएकाे हाे ।

यस अन्तर्गत काेषमा आवद्ध भएकाे यस क्षेत्रका कर्मचारीहरुले कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्नेछ

काेषकाे अनुसार कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिनेछ ।

यस सापटीमा कर्मचारी वचत बृद्धि अवकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर निर्धारण गरिएको छ । यसकाे मतलव लिने र दिने ब्याजदरको अन्तर शुन्य रहेको छ । यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसंग सम्वद्ध सहभागीहरुलाई २०७८ पौष मसान्तसम्म उपलब्ध गराइने र उक्त सापटी रकम सापटी लिएको २ वर्ष भित्र फिर्ता गर्नुपर्ने काेषले जनाएकाे छ ।

यस क्षेत्रमा काेभिडले सबैभन्दा बढी असर गरेकाे भन्दै काेषले यस्ताे व्यवस्था गरेकाे जनाएकाे छ ।

One comment on "नागरिक लगानी काेषले पर्यटन क्षेत्रका कर्मचारीलाई पैसा सापटी दिने, कति पाइन्छ ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.