पर्यटनमन्त्री अरगरिया भन्छन्- न आफु घुस खान्छु न खान दिन्छु कसैलाई

  २०७८ असार ६ गते १३:४०     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएका छन् ।

आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिल्यान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुनः निर्माणका कामहरुलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिएका हुन् ।

उनले आफु पनि घुस नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै उद्देश्य रहेको बताउँदै कुनैपनि समय आफु आएर हेर्नसक्ने बताए ।

‘पारदर्शी गरिदिनुहोला । म व्यक्तिगत भ्रष्टाचारको विरुद्धको आन्दोलनले आज मन्त्रीसम्म पुगेको छु र मेरो एउटै उद्धेश्य हुन्छ, न खान्छु न खान दिन्छु कसैलाई । त्यतातिर एकदम पारदर्शी रुपले गर्नुहोला । नत्र जतिबेला पनि म आफैँ आएर हेर्नसक्छु । चेक गर्न सक्छु । त्यतातिर पनि म अहिले नै सतर्क र सजग गराउन चाहान्छु,’ उनले भने ।

मन्दिर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन लागिएको भन्दै साधु, सन्तले विरोध जनाइरहेको सन्दर्भमा मन्त्री अरगरियाले पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषले दाताहरुको सहयोगमा पशुपति क्षेत्रभित्र राममन्दिरको निर्माण गर्न लागेको सदस्य सचिव डा प्रदिप ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.