कर्जा लगानी र निक्षेपमा एनआईसी एसिया आक्रामक, नबिल, ग्लोबल र आरबीबी पछ्याउँदै, सीसीडी यस्तो छ

  २०७८ असार ३ गते १९:४९     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंक कर्जा लगानी र निक्षेप संकलनमा आक्रामक देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार एनआईसी एशिया बैंक हालसम्म सबैभन्दा बढी निक्षेप संकलन र कर्जा लगानी गर्ने बैंकको उच्च स्थानमा छ ।

एनआईसी एसिया बैंकले जेठ महिनासम्म ३ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ६६ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको पुँजी-​कर्जा–निक्षेपको अनुपात (सीसीडी रेसियो) ८३.९७ प्रतिशत छ ।

एनआईसी एशिया बैंकलाई राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र ग्लोबल आईएमई बैंकले पछ्याइरहेका छन् । राष्ट्रिय वाणिज्य बैंक हालसम्म २ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर दोस्रो स्थानमा छ । यो बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सीसीडी रेसियो ६९ प्रतिशत छ ।

यस्तै, ग्लोबल आइएई बैंकले हालसम्म २ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको सीसीडी रेसियो ७८.८९ प्रतिशत छ । उच्च व्यापार गर्ने बैंकको चौथो स्थानमा नबिल बैंक छ । नबिल बैंकले जेठ महिनासम्म २ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको सीसीडी रेसियो ७९.६६ प्रतिशत छ ।

नेपाल बैंकर्स संघका अनुसार हालसम्म २७ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप ३९ खर्ब ९१ अर्ब १ करोड रुपैयाँ छ भने कर्जा ३६ खर्ब ४६ अर्ब १ करोड रुपैयाँ प्रवाह भएको छ । बैंकहरुको औसत सीसीडी रेसियो भने ७८.८४ प्रतिशत कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.