शिखर इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?

  २०७८ असार २ गते १५:१०     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो ।

उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । उक्त सेयर संरचना परिवर्तन भएसँगै इन्स्योरेमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । यसअघि कम्पनीको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व क्रमशः ६० र ४० प्रतिशत रहेको थियो ।

थापाथलीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता २१६१ रुपैयाँमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३८ रुपैयाँले घटी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.