मनसुन भित्रिएसँगै काठमाडौं उपत्यकाका किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

  २०७८ जेठ २९ गते २१:४८     विकासन्युज

काठमाडौं । मनसुन भित्रिए सँगै काठमाडौँ उपत्यका भित्रका किसानहरुलाई धान रोप्ने चटारो बढेको छ । हामीले बुझेको काठमाडौं उपत्यका धेरै उब्जनी हुने माटो भएको ठाउँ हो । बढ्दो शहरीकरणले धान फल्ने खेतमा बहुतले घर ठडिएका छन् । तर उपत्यकाको काँठ क्षेत्रमा अझै खेति योग्य जमीन बाँकी छ । यिनै काँठ, ढाप र डोलहरुमा धान रोपाइँ सुरु भएको छ ।

उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली धान लगाउने चलन छ । यसका साथै खुमल ११ र डोल क्षेत्रमा स्थानीय एक्ले धान लगाउने चलन छ । काठमाडौँमा प्रख्यात रहेको पोखरेली मसिनो र थापचिनी धान हराइसकेको छ । काठमाडौँका धान फल्ने फाँट खुम्चिँदै गएका छन् । यसलाई खुम्च्याउन तरकारी खेतीका टनेल, कुखुरा बंगुर–सुँगुर पालनले पनि सहयोग गरेका छन् । पछिल्लो समय काठमाडौँको धानमा बर्णशंकर बिउले बिकृति ल्याएको किसानहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.