सिद्धार्थ इन्स्योरेन्सको प्रस्तावित १५.७८ प्रतिशत लाभांश पारित

  २०७८ जेठ २८ गते १६:००     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रस्तावित १५.७८९४ प्रतिशत लाभांश पारित भएको छ । जेठ २८ गते सम्पन्न कम्पनीको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै सेयरधनीले हाल कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता १ अर्ब रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ नाघ्ने छ ।

उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरे । आ.व. २०७६/७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आर्थिक वर्षको साधारण सभा भएको दिनसम्म २ अर्ब १ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरि सकेको कम्पनीले जानकारी गराएको छ । उक्त बीमा शुल्क संकलन गत आर्थिक वर्षको सोहिको तुलनामा १६.०७ बढी रहेको छ ।

कम्पनीको वार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.