नेरुडे लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट

  २०७८ जेठ २७ गते १६:०६     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग नियुक्त भएका छन् । संस्थाले साउन १ गतेदेखि लागू हुने गरी आरबिबि मर्चेन्टलाई एक वर्षको लागि सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

उक्त निर्णय बैशाख १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो ।

त्यस्तै, संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडाैंकाे टेकुस्थित आरबिबि मर्चेन्टमा सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.