पुँजी बजारमा नकारात्मक पार्ने क्रियाकलाप नगरियोस्, बोर्डको भूमिका प्रभावकारी होस्: अर्थमन्त्री

  २०७८ जेठ २५ गते १३:३०     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारको नियामक निकायको रुपमा रहेको बोर्डको भूमिका प्रभावकारी बनाउन आग्रह गरेका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले बोर्डलाई आगामी दिनमा आफ्नो कार्यलाई सशक्त बनाउन आग्रह गरेको हुन् ।

पुँजीबजारलाई विश्वसनीय तुलाउनको लागि यसमा कुनैपनि प्रकारका अनियमितता, पुँजीबजारमा नकारात्मक पार्ने कुनै पनि क्रियाकलाप प्रवेश गर्न नपाउन् भन्नेतर्फ बोडले विशेष ध्यान दिनुपर्ने उनले बताए ।

‘पछिल्लो समय पुँजीबजार आकर्षणको केन्द्रबिन्दु बनेको छ । लगानीकर्ताको संख्या र लगानीको आकार पनि बढ्दै गएको छ । जुन सरकारप्रति लगानीकर्ताको विश्वास रहेको भन्नेमा विश्वस्त छु,’ उनले भने ।

त्यस्तै, आउने दिनमा लगानीकर्ताको हित र संरक्षणको पक्षमा धितोपत्र बोर्डको भूमिका प्रभावकारी बनाउन र लगानीका क्षेत्र र दायराहरु थप विस्तार गर्न उनले जोड दिएका छन् ।

सम्बन्धित समाचार

कमोडिटी मार्केट सञ्चालनको लागि आवश्यक गृहकार्य शुरु गर्न अर्थमन्त्री पौडेलको निर्देशन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.