अपि पावरको हकप्रद बिक्री खुल्यो, कहिलेसम्मका सेयरधनीले आवेदन दिन पाउँछन् ?

  २०७८ जेठ २० गते ७:५७     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले आज(जेठ २० गते)देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजीको २९.३८ प्रतिशत अर्थात एक बराबर ०.२९३८ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।

एक अर्ब ९२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी भएको कम्पनीले एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता अर्थात ५६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरको निष्काशन आज(जेठ २० गते) देखि असार ९ गतेसम्म बिक्री खुला हुने छ । यससँगै योग्य सेयरधनीले आजेदेखि असार ९ गते बैंकिङ्ग समयभित्रमा आवेदन दिन सक्ने छन् । उनीहरूले मेराे सेयरकाे मार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि कम्पनीले गत बैशाख २९ गते बुक क्लोज गरेको थियो । यससँगै गत बैशाख २८ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन योग्य हुने छन् ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले यसअघि पनि ४७ प्रतिशत हकप्रद सेयर सेयरधनीमा बिक्री गरिसकेको थियो । हाल एक अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी २९.३८ प्रतिशत हकप्रद सेयर बिक्री पश्चात २ अर्ब ४९ करोड रुपैयाँ नाघ्ने छ ।

One comment on "अपि पावरको हकप्रद बिक्री खुल्यो, कहिलेसम्मका सेयरधनीले आवेदन दिन पाउँछन् ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.