महानगरपालिकाले अस्पतालहरुलाई भेन्टिलेटर सहयोग गर्दाको क्षण (फोटो फिचर)

  २०७८ जेठ १८ गते १८:४६     विकासन्युज

काठमाडौं । महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आइसियु भेन्टिलेटर सहयोग गरेको छ ।

महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड – १९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई/दुई थान आइसियु भेन्टीलेटर प्रदान गरेको हो ।

आइसियु भेन्टीलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रुपमा सेवा पाउन सकुन् भनेर सहयोग गरिएको बताउनुभयो । उहाँले महानगरपालिकाले कोभिड – १९ संक्रमितको उपचारका लागि काठमाडौं जिल्ला भित्रका भित्रका अस्पताललाई ४२ वटा र भक्तपुर ठिमिमा ३ वटा गरी ४५ वटा भेन्टीलेटर उपलब्ध गराउने सम्झौता गरी काम अगाडी बढाइरहेको पनि जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.