काठमाडौंमा जेठ ३० गतेसम्म निषेधाज्ञा थप्ने तयारी, खाद्यान्न पसल सञ्चालन गर्न पाइने

  २०७८ जेठ १८ गते १७:५५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी भइरहेको छ ।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको बैठकले थप १० दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । अब काठमाडौंमा जेठ ३० गतेसम्म निषेधाज्ञा कायम हुनेछ ।

तर औपचारिक रुपमा भने भोलि मात्रै सार्वजनिक गरिनेछ । बैठकले जेठ २१ गतेदेखि खाद्यान्न पसल बिहान खोल्न दिने, विकास निर्माणको काम पनि सुचारू गर्ने तयारी गरेको छ ।

काठमाडौंका प्रजिअ काली प्रसाद पराजुलीले खाद्यान्न पसल खोल्ने भने निर्णय भएको बताए । यस्तै, अन्य क्षेत्रमा पनि निषेधाज्ञा केही खुकुलो हुने उनकाे भनाइ छ ।

‘आज बसेको बैठकले प्रारम्भिक निर्णय गरेको छ, निश्कर्षमै पुगिसकेका छैनौं, तर, आजको छलफललाई आधार मान्दा जेठको मसान्तसम्म निषेधाज्ञा कायम नै राख्ने कुरा भएको छ, हामी आधिकारिक निर्णय भोलि बिहान सार्वजिनक गर्छौं,’ काठमाडौंका प्रजिअ पराजुलीले विकासन्युजसँग भने ।

‘एक हप्ता निषेधाज्ञा थप्ने वा जेठको मसान्तसम्म नै कायम राख्ने भन्ने बारे भने यकिन भएको छैन, आजको निश्कर्ष भने मसान्तसम्म नै कायम गर्ने हो ।’

उनका अनुसार बैंक वित्तीय संस्था बारे भने कुनै निर्णय भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.