तेल उद्योगी भन्छन्- अन्तर्राष्ट्रिय स्तरमा मूल्य बढ्दा नेपालमा बढ्यो

  २०७८ जेठ १७ गते १७:१७     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा नै प्रशोधित खाने तेलको कच्चा पदार्थको मूल्यमा बृद्धि हुँदा नेपालमा त्यसको असर परेको तेल उद्योगीहरुले बताएका छन् । पछिल्लो समय खाने तोरिको तेलको मूल्यमा ४० रुपैयाँसम्म मूल्य बढेपछि व्यवसायीहरुले अन्तर्राष्ट्रिय असर परेका बताएका हुन् ।

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सोमबार एक विज्ञप्ती जारी गर्दै उक्त कुरा जनाएको हो । तेलको मूल्य बृद्धि भएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि संघले उक्त कुरा जनाएको हो ।

‘संघमा २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल उत्पादन गरी स्थानिय वजार सगैँ विदेशमा समेत निकाशी हुँदै आएको छ’, संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तराष्ट्रिय बजारवाट आयात गर्नुपर्दा अन्तराष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने गर्दछ, विज्ञप्तीमा भनिएको छ, १६ महिना यता तेलको मूल्यमा अस्वभाविक रुपमा बृद्धि हुँदा त्यसको असर नेपाली बजारमा परेको हो ।’

सन् २०२० को मार्चमा ६१४ डलर रहेको सोयाविनको तेलको मूल्य एक वर्षको अबधिमा १ हजार २७९ डलरले बृद्धि भएको छ । यस्तै एक वर्ष अगाडी ६५६ डलर रहेको सनफ्लावरको तेलको मुल्य एक हजार ५८० भएको छ ।

एक वर्षको तुलनामा असामान्य रुपमा कच्चा पदार्थको मूल्य बृद्धि हुँदा नेपालमा बढेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.