भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पताललाई गोर्खा इको प्यानलको सहयोग

  २०७८ जेठ १६ गते १९:५२     विकासन्युज

काठमाडौं । निर्माण सामाग्री उत्पादन कम्पनीहरुको संयुक्त समूह गोर्खा ग्रुप (समूह) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा आइसोलेसन केन्द्र र एचडीयु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्न चार लाख बढी रकम सहयोग गरेको छ । गोर्खा इको प्यानल, गोर्खा इको रेड ब्रिक्स, नाग पुखु गेष्टहाउस तथा प्रबन्धकहरूकोतर्फबाट चार लाख दुई हजार रुपैयाँं सहयोग स्वरुप प्रदान गरिएको हो ।

गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर सुरेश कवां, गोर्खा इको रेड ब्रिक्सका सीईओ कृष्णराम देउपाला र प्रबन्धक हरिराम बुह्योले उक्त रकम बराबरको चेक भक्तपुर नगरपालिकाकी उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशीलाई नगरपालिकाको कार्यालय व्यासी भक्तपुरमा एक कार्यक्रम गरी आइतबार हस्तान्तरण गरे । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वलगायतको उपस्थिति रहेको थियो ।

भक्तपुर नगरपालिकाले आफूद्धारा भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंह ब्रम्हायणीमा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्टलगायतको व्यवस्था गर्न विभिन्न उद्योगी व्यवसायीलगायत सवैसँंग सहयोग लिइरहेको छ । यस क्रममा सामाजिक उतरदायित्व अन्तर्गत आफूहरुले यसअघि जस्तै सकेको सहयोग गरेको गोर्खा इको प्यानलका सीईओ इन्जिनियर सुरेश कवाँंले बताए ।

गोर्खा इको प्यानल नेपालमै पहिलो पल्ट उत्पादित प्रिफ्याब प्यानल हो । यसको प्रयोग बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा गरिन्छ । कम्पनीको मुख्य कर्पाेरेट अफिस भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै रहेको छ ।

कम्पनीका उत्पादनहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै प्रयोग भइरहेका छन् । कोरोनोको यो महामारीका पछिल्ला वर्षहरुमा कम्पनीको उत्पादन (इको प्यानल) को प्रयोग गरी विभिन्न अस्पतालहरु, आइसोलेनस केन्द्रहरु बनिसकेका छन् । तीब्र निर्माण सम्पन्न हुने भएकाले यसका उत्पादनहरुको प्रयोग गरी अस्पताल, आइसोलेसन केन्द्र बन्ने क्रम बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.