सेयर बजारमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई कडाई, अल्पकालिन लगानी गर्न नपाउने

  २०७८ जेठ ११ गते १६:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि सेयर खरिदमा कडाई गरेको छ । राष्ट्र बैंकले चालु बर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षामा घोषणा गरिएका नीतिहरुलाई कार्यान्वयन गर्न जारी गरेको परिपत्र अनुसार बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबार गर्नमा कडाई गरेको हो ।

राष्ट्र बैंकले सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न नपाइने बताएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।

‘राष्ट्र बैंकले भनेको छ,‘खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् । तर, यसअघि (मिति २०७८।०२।१० सम्म) लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन । (५) इ.प्रा.नि. नं. १७ को बुँदा नं ५ बमोजिम विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन । यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री÷विनिवेश गरिसक्नुपर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.