फण्डमा मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले लगानीकर्तालाई भन्यो- धन्यवाद

  २०७८ जेठ ९ गते १९:५६     विकासन्युज

काठमाडौं । गत जेठ ५ गतेबाट सार्वजनिक निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई निष्काशन तथा बिक्री बन्द भएको छ । प्रभु क्यापिटलले जारी गरेको उक्त फण्डमा ४ दिनमै मागभन्दा बढी आवेदन परेसँगै आज(जेठ ९ गते)बाट निष्काशन बन्द भएको हो ।

क्यापिटलका अनुसार जेठ ९ गते साँझ ५ बजेसम्म उक्त फण्डमा करिब २ गुणाभन्दा बढी आवेदन परेको छ । १० करोड इकाईको माग गरिएकोमा चौथो तथा अन्तिम दिन अपरान्ह ५ बजेसम्म १९ करोड ७८ लाख ५८ हजार २ सय ८० इकाईका लागि आवेदन परेको छ ।
जसमध्ये ८५ हजार ५ सय ५४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८२ करोड ८५ लाख ८२ हजार ८ सय रकम बराबरको १८ करोड २८ लाख ५८ हजार २ सय ८० इकाई खरिदका लागि आवेदन परेको हो ।

त्यस्तै, फण्डमा मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले सम्पूर्ण लगानीकर्तामा धन्यवाद व्यक्त गरेको छ । लगानीकर्ताले क्यापिटलको पहिलो स्किम अन्तर्गतको प्रभु सेलेक्ट फण्डमा देखाएको विश्वास र उत्साहजनक सहभागिता रहेको धन्यवाद दिँदै यसले आगामी दिनमा थप उचाईमा पुग्न प्रेरणा मिल्ने पनि बताएको छ ।

प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।
यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १४ करोड रुपैयाँ लगानी वापत १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ करोड रुपैयाँ लगानी वापत १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.