प्रभु सेलेक्ट फण्डमा लगानीकर्ताको आकर्षण बढ्दो, हालसम्म १४५ प्रतिशत बढी आवेदन

  २०७८ जेठ ७ गते १७:२९     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले जारी गरिरहेको प्रभु सेलेक्ट फण्डको इकाईमा लगानीकर्ताको आकर्षण बढ्दो रहेको छ । उक्त इकाई जारी भएको तीन दिनमै १४५ प्रतिशत बढी आवेदन परेको क्यापिटलले जनाएको हो ।

क्यापिटलका अनुसार १० करोड इकाईको माग गरिएकोमा तेश्रो दिन अर्थात जेठ ७ गते अपरान्ह ४ बजेसम्म १४ करोड ५६ लाख २० हजार ६०० इकाईका लागि आवेदन परेको छ । ५६ हजार ३ सय १२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रकम बराबरको १३ करोड ६ लाख २० हजार ६ सय इकाई खरिदका लागि आवेदन परेको हो ।

प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।

यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यो फण्डमा लगानीकर्ताले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.