प्रभु सेलेक्ट फण्डको इकाईमा दोश्रो दिनमै माग भन्दा बढी आवेदन, कति पर्यो आवेदन ?

  २०७८ जेठ ६ गते १८:१३     विकासन्युज

काठमाडौं । प्रभु सेलेक्ट फण्डको इकाई निष्काशन तथा बिक्री खुला भएको दुृई दिनमै मागभन्दा बढी आवेदन परेको छ । प्रभु क्यापिटलका अनुसार जेठ ६ गते साँझसम्ममा कूल १ अर्ब ४ करोड रुपैयाँ बराबरको १० करोड ४८ लाख इकाई खरिदका लागि आवेदन परेको हो । जुन संस्थाले निष्काशन गरेको भन्दा १०४.८८ प्रतिशतभन्दा बढी आवेदन हो ।

प्रभु क्यापिटलले जेठ ५ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्री गरिरहेको छ । फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

जसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेठ ९ गते आइतबारसम्म रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.