कृषिमा आत्मनिर्भर बन्न यान्त्रिकीकरण हुनु आवश्यक :मन्त्री अर्याल

  २०७८ जेठ ३ गते १५:२५     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकि छिन् ।

एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस्ले (अनाज) सोमबार आयोजना गरेको ‘कृषि यान्त्रिकरण :आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा उनले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रुपमा राख्नुपर्ने बताएकि हुन् ।

कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको बताउँदै मन्त्री अर्यालले कृषि प्रधान देशमा यो प्रतिशत निकै कम रहेको बताईन । उनले परम्परागत खेतीलाई आधुनिकीकरण र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्नेमा जोड दिईन ।

कृषि यान्त्रिकीरकणका लािग सरकारले नीति बनाई सकेको छ र त्यो अनुसार काम अगाडी बढी सकेको बताउँदै उनले सरकारले डिजिटल नेपालको कल्पना गरेको र त्यो अनुसार काम भइरहेको जानकारी दिईन । अब माटो मापन घरबाट नै गर्न सकिने प्रविधिको विकास भएको छ ।

कृषि मन्त्रालयले माटो मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको बताउँदै उनले कृषि क्षेत्रमा यो एउटा क्रान्ति नै भएको बताईन ।
वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरण गर्नुपर्छ, उत्पादनमा वृद्धि गराउनका लागि यान्त्रिकीकरणमा जोड दिनुपर्ने बताए ।

अर्कोतिर उत्पादन गरेर मात्र हुँदैन त्यसको वजार व्यवस्थापन पनि जोड दिनुपर्ने र त्यसका लागि कृषि आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिनुपर्ने उनको भनाई थियो ।

‘झापा धानको सुपरजोन हो, तर त्यहाँ धान उत्पादन भएपछि सुकाउन तथा राख्ने व्यवस्था नहुँदा सस्तोमा बेच्न बाध्य हुन्छ त्यसैले उत्पादनदेखि विक्रि वितरण र उपभोगसम्म आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिनुपर्छ’, उनले भने ।

नार्कका श्रीमत श्रेष्ठले नेपालमा कृषि प्रविधि र उपकरणको लामो इतिहास नरहेको बताउँदै कृषिबाट युवाहरु पलायन हुन थालेपछि प्रविधि र उपकरणमा ध्यान दिन थालेको बताए । पछिल्लो समयमा कृषि यान्त्रिकरणमा नीजि क्षेत्रमा पनि भूमिका रहेको बताउँदै श्रेष्ठले कृषिमा उत्पादन बढाउँछ र लागत घटाउँछ भने त्यो नै कृषि यान्त्रिकीकरण रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.