कोरोना भाइरस नियन्त्रणका लागि सिद्धार्थ बैंकले दियो १ करोड ४ लाख रुपैयाँ

  २०७८ वैशाख २९ गते १८:१७     विकासन्युज

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई धनगढी शाखाका प्रबन्धक नितेश श्रेष्ठले १० लाखको चेक हस्तान्तरण गर्दै

काठमाडौं । सिद्धार्थ बैंकले कोरोना भाइरस (कोभिड १९) को रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले सरकारलाई आज (बैशाख २९ गते) बुधबार साे मात्राकाे सहयाेग हस्तान्तरण गरेकाे हाे ।

बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु १० लाखका दरले ७० लाख रुपैयाँ र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाख रुपैयाँका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको हो ।
हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसंगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै, बैंकले ग्राहकहरुको सहजताकालागि घरैमा बसी प्रविधि मैत्री डिजिटल माध्यमबाटपनि बैंकिङ्ग सेवा उपलब्ध गर्दै आईरहेको छ ।
बैंकले आफ्ना ग्राहकलाई त्यस्ता डिजिटल बैंकिङ्ग सेवाहरुको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहयोग पुर्याइदिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.