अनलाईन बाकेहका कुनै सेवा दिँदैनौं, आवश्यक परे यी नम्बरमा कल गर्नुहोस्- ग्लोबल आईएमई क्यापिटल

  २०७८ वैशाख २९ गते १७:२४     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले अनलाईन बाहेकका कुनै पनि सेवा प्रदान गर्न नसक्ने बताएको छ । कर्मचारीहरुमा कारोना पोजेटिभ देखिएपछि क्यापिटलले बुधबार एक सूचना जारी गर्दै अनलाईनबाहेकका सेवा दिन नसकिने जानकारी गराएको हो ।

यससँगै घरमै बसी लिन तथा दिन सकिने सेवा सम्बन्धी कार्य मा गर्नको लागि क्यापिटलले आग्रह गरेको छ । भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने कार्य गर्ने तथा सो मा यस कम्पनीको समेत भौतिक रुपमा संलग्नता हुनुपर्ने कार्य गरेमा सो को जिम्मेवारी ग्राहक आफैले लिनुपर्ने समेत क्यापिटलले सूचनामार्फत जानकारी गराएको छ ।

डिम्याट खाता र मेरो सेयर नविकरणको लागि ९८६१५९६५६८ मा ह्वाट्सएप, भाईबर र एसएमएसबाट समेत सम्पर्क गर्न सक्नेछन् । त्यस्तै, मेरो सेयरको पासवर्ड रिसेट गर्नको लागि ९८६१५९६५६८ मा र मर्चेण्ट बैंकिङग (सेयर रजिष्ट्रार) सम्बन्धीको लागि ग्राहकले ९८१३९८७३८५ नम्बरमा ह्वाट्सएप, भाईबर र एसएमएसबाट सम्पर्क गर्न सकिने क्यापिटलले जानकारी गराएको छ ।

यसअघि क्यापिटलले निषेधाज्ञा जारी भएको गत बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएपछि न्युन कर्मचारीबाट दैनिक कार्य सम्पादन गर्दै आएको थियो ।

त्यस्तै, काठमाडौं जिल्ला प्रशासनको बैशाख २८ गतेको आदेश अनुसार बैशाख २९ गते राती १२ बजेदेखि जेठ १३ गते राती १२ बजेसम्मका लागि घरबाट निस्कन नपाउने र अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह स्थगन गर्ने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.