उद्योग परिसंघले स्वास्थ्य मन्त्रालयलाई दियो २ करोड रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री

  २०७८ वैशाख २८ गते २०:१९     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ करोड रूपैयाँ बराबरकाे स्वास्थ्य सामाग्रीहरू सहयाेग गरेकाे छ । परिसंघले आज(बैशाख २८ गते) मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रि हृदयेश त्रिपाठीलालाई साे रकमबराबरकाे ८ लिटर क्षमताका २०० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेकाे हाे ।

परिसंघले आफ्नो सदस्य संस्था होङ्शी-शीभम सिमेन्ट मार्फत उक्त सहयाेग गरेकाे हाे । उक्त सामाग्रीहरु बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रि हृदयेश त्रिपाठीले माहामारी तथा अक्सिजनको अभावको यस घडीमा उपलब्ध सामाग्रिहरुले अक्सिजन शिलिन्डरको विकल्पका रुपमा राहत हुने बताएका छन् ।

त्यस्तै सामाग्रीहरु हस्तान्तरण गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले राष्ट्रको संकटका वखतमा नेपालको निजी क्षेत्र सरकारसंगै रहेको बताए ।

राष्ट्रको संकटका वेला अत्यावश्यक सामाग्रि उपलब्ध गराई सहयोग पुर्‍याएकोमा परिसंघले होङ्शी-शीभम सिमेन्टलाई धन्यवाद दिएको छ ।

कोभिड-१९ को दोश्रो लहरसंगै देशका अधिकांश स्थानहरुमा निशेधाज्ञा जारी भएको अवस्था छ । दिन प्रतिदिन बिरामीहरुको चाप बढ्दै गईरहेको छ । अस्पतालहरुमा बेडको चरम अभाव देखा पर्दै गएको छ । त्यस्तै कोभिडका बिरामीहरुलाई अत्यावश्यक मानिएको अक्सिजन तथा अक्सिजन शिलिन्डरको समेत अभाव भई रहेको अवस्था छ । यस्तो आपतकालीन परिस्थितिसंग जुध्न परिसंघले यस अघि नै उद्योगहरुमा रहेको अक्सिजन शिलिन्डरहरु नेपाल सरकारलाई उपलब्ध गराउन सबैलाई आह्वान समेत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.