संघीय मामिलामन्त्री ठगुन्नालाई कोरोना संक्रमण पुष्टि

  २०७८ वैशाख २८ गते १८:१५     विकासन्युज

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई आज कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार रातिदेखि स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार चेकजाँच गराउँदा कोरोना पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको सल्लाहमा उपचार भैरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.