अक्सिजन अभाव भएपछि मेडिसिटीले राेक्याे काेराेना बिरामीकाे भर्ना

  २०७८ वैशाख २८ गते १५:३६     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले थप कोभिडको बिरामी भर्ना लिन नसक्ने जनाएको छ । अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा प्रवक्ता डा.राज राणाले अस्पताल थप कोभिडको बिरामीहरु भर्ना लिन सक्ने अवस्थामा नरहेको बताएका हुन् ।

अस्पतालमा अक्सिजन निकै अभाव हुनुको साथै अन्य समस्याहरुको कारण नयाँ भर्ना लिन नसक्ने उनले बताए ।

प्रत्येक दिन ४ सय ५०देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त हुने जानकारी प्राप्त भएकाले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले थप भर्ना रोकिएको उनी बताउँछन ।

अहिले अस्पतालमा १०० जना भन्दा बढि नन् कोभिड बिरामीहरु त्था १२० जना भन्दा बढि कोभिडका बिरामीहरुको उपचार भइरहेकोमा ४० जना भन्दा बढि भेन्टिलेटर सहितको विभिन्न सघन उपचार कक्षमा रहेका छन् ।

उनले हाल उपचाररत् बिरामीहरुलाई समेत अक्सिजन अभावले उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.