वायुसेवा सञ्चालक संघले भन्यो, कोभिड उद्धारको नाममा बढी भाडा लिइएको छैन

  २०७८ वैशाख २७ गते १७:००     विकासन्युज

काठमाडाैं । वासुसेवा स‌चालक संघले काेभिड उद्धारकाे नाममा आफुहरुले बढी भाडा नलिएकाे बताएकाे छ । संघले साेमबार एक विज्ञप्ती जारी गर्दै आफुहरुले क्यानले ताेके बमाेजीम भाडा लिएका जनाएकाे हाे ।

संघले विषम परिस्थितिमा आफुहरुले सामाजिक उत्तरदायित्व सम्झी आफ्नाे ज्युज्यानकाे मतलब नगरी आमजनताकाे जिवन रक्षामा वायुसेवा कम्पनीका कर्मचारीहरु, पाइलट, इन्जिनिएर, ग्राउण्ड स्टाफहरु दिनरात खटिरहेकाे जनाएकाे छ ।

संघले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले ताकेको उडान भाडादर अनुसार भाडा लिएको समेत स्पष्ट पारेको छ । विज्ञप्ती अनुसार एएस ३५० हेलिकप्टरकाे युएस डलर १५०० प्रतिघण्टा एवं राेविन्सन्स हेलिकप्टरकाे युएस डलर १००० प्रतिघण्टाकाे दरमा हाल उद्धार गर्दै आइरहेकाे जनाइएकाे छ ।

स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्ड अनुसार उडान गर्नुपर्ने हुँदा खटिने पाइलट तथा कर्मचारीहरुलाई पिपिइ सेट, प्यारामेडिकल टाेली, सेमी भेन्टिलेटर मेसिन, थप बीमा र प्रत्येक उडान पश्चात स्यानिटाइजेसन लगायत सामग्री प्रयाेग हुँदा अन्य उडानमा भन्दा समय समेत बढी लाग्ने र प्रति उडान १ लाख ५० हजारभन्दा बढी लाग्ने गरेकाे संघले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.