२५ औं पटक सगरमाथा चुचुरोमा पुगे कामीरिता

  २०७८ वैशाख २४ गते १९:२०     विकासन्युज

काठमाडौं । नेपाली आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको चुचुरोमा पुगेको छन् ।

यसअघि २४ औं पटक सफल आरोहण गरेका शेर्पा शुक्रबार साँझ २५ औं आरोहणको रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् । काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार, उनी यस सिजनका लागि डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै साँझ ६ बजे चुचुरोमा पुगेका हुन् ।

बिहीबार साँझ उनीसहित १२ जना शेर्पा सगरमाथा आरोहणका लागि चौथो शिविरबाट हिँडेका थिए । कम्पनीका अनुसार, कामीरितासहितको टोलीमा ६ जना संखुवासभाका र ६ जना सोलुखुम्बुका शेर्पा आरोही छन् ।

१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

गत वर्षको आरोहणमा नै उनले २५ औं पटकको आरोहणको तयारी गरेतापनि कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीका कारण सबै हिमाल आरोहण रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.