बिहीबार मध्येरातीदेखि अन्तराष्ट्रिय उडान बन्द, निगमको भारत उडान बुधबार

  २०७८ वैशाख २४ गते ९:२३     विकासन्युज

काठमाडौं । बिहीबार मध्येरातदेखि बैशाख भर अन्तराष्ट्रिय उडान बन्द भएको छ ।

गत बैशाख १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहीबारको मध्येरातदेखि भारतबाहेक अन्य गन्तव्यको उडान बन्द भएको हो । यसअघि गत मंगलबारको मध्येरातीदेखि आन्तरिक उडान बन्द भइसकेको छ ।

नियमित रुपमा आन्तरिक तथा अन्तराष्ट्रिय उडान बन्द भएपनि बैशाख भर चार्टर्ड तथा उद्धार उडान भने सञ्चालन हुने नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ ।

क्यानका प्रवक्ता राजकुमार क्षेत्री नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै चार्टर्ड तथा उद्धार उडानको अनुमति दिईन बताउँछन् ।

चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।
गत वर्षको चैत ११ गतेदेखि लागु गरिएको बन्दाबन्दीको अबधिमा समेत आन्तरिक तथा अन्तराष्ट्रिय दुबै उडान बन्द गरिएको थियो ।
चैत १० गतेदेखि बन्द भएको नियमित उडान सरकारले भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याइएको थियो ।

शुक्रबार ८ उडान

बिहीबार रातीदेखि नियमित अन्तराष्ट्रिय उडान बन्द भएपनि आज ८ वटा उडान हुने भएको छ ।

विभिन्न गन्तव्यका लागि बिहीबार राती उडान गरेका ६ वटा जहाज आज काठमाडौँ फर्कने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएकोे छ । कार्यालयका अनुसार ६ वटा जहाज र्फिता सगैँ आज दुई वटा कार्गाे उडान हुनेछन् ।

जसमा एक उडान काठमाडौँ– चीनको क्युमिन र हङकङ–काठमाडाैं गरी दुई वटा कार्गाे उडानको तालिका रहेको विमानस्थल कार्यालयका प्रमुख प्रताप तिवारीले जानकारी दिए ।

निगमको काठमाडौं नयाँदिल्ली उडान बुधबार

सरकारले एयर बबल योजना अन्तरगत काठमाडौं–नयाँदिल्ली उडान अन्तरगत सातामा दुई वटा उडान हुने जनाइसकेको छ ।

यसअघि दुई देशका सरकारी स्वामित्वमा सञ्चालित वायुसेवा कम्पनीले दैनिक एक/एक उडान गर्दै आएकोमा बिहीबारदेखि सातामा एक/एक उडान हुनेछन् ।

उक्त उडान अन्तरगत नेपाल वायुसेवा निगमले एयरबस ३२० (न्यारोवडी जहाजबाट) बुधबार उडान गर्ने जनाएको छ । निगमले यसअघि नै उडान तालिका अन्तरगत बुधबारमात्र उडान गर्न लागेको हो । निगमले काठमाडौँ–नयाँदिल्ली बिहान ११:५ बजे र नयाँदिल्ली–काठमाडौँ सोही दिनको दिउँसो ३:४५ मा उडान गर्दै आएको छ ।

एयर बबल मार्फत काठमाडौँ आउने यात्रुहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अनिवार्य रुपमा १० दिन होटलमा क्यारेन्टाइन बस्नुपर्ने जनाईसकेको छ । १० दिन होटलमा बस्नुपर्ने भन्दै मन्त्रालयले विभिन्न ८ वटा होटललाई क्यारेन्टाइनको रुपमा छुट्टाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.