तीव्र गतिमा फैलिँदै कोरोना, काठमाडौंमा एकैदिन ३ हजार संक्रमित

  २०७८ वैशाख १७ गते १६:४०     विकासन्युज

काठमाडाैं । काेराेना भाइरस झन तीव्र गतिमा फैलिरहेकाे छ । काठमाडौं उपत्यकामा मात्रै एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ४ सय ४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ गरी २ हजार ९सय ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.