विद्युत नियमन आयोगमा अध्यक्ष र तीन सदस्यका लागि दरखास्त आह्वान

  २०८१ वैशाख २६ गते ८:३१     विकासन्युज

काठमाडौं । सरकारले विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान गरेको छ ।

अध्यक्ष, तीन सदस्य (एक महिलासहित) का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो।

आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूलाई उक्त ऐनको दफा ७ को उपदफा (१) बमोजिम यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र अर्थात् आगामी जेठ ९ गते कार्यालय समयभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न आग्रह गरिएको छ ।

सूचनाअनुसार आवेदकले रणनीति तथा कार्ययोजना समेत पेस गर्नुपर्ने सूचनामा पेस गनुपर्ने छ । रणनीति तथा कार्ययोजनाको ढाँचा र यस सम्बन्धी थप जानकारी सिफारिस समितिको सचिवालयबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.