सरकारलाई उद्योगीको सुझाव: कोरोना नियन्त्रण गर्न कडा कदम चाल्नुस्, सीमानाका बन्द गर्नुस्

  २०७८ वैशाख १३ गते १४:२५     विकासन्युज

काठमाडौं । उद्योगीहरुले कोरोना भाइरसको नियन्त्रण गर्नको लागि कडा कदम चाल्न सरकारलाई सुझाव दिएको छ । नेपाल उद्योग परिसंघको पदाधिकारी समितिकोे आकस्मिक बैठकले यस्तो सुझाव दिएको हो ।

पछिल्लो समय छिमेकीमुलुकभारतमा देखिएको गम्भीर परिस्थिति र नेपालमा समेत कोरोनाभाइरसको जोखिमबढ्दै गइरहेको परिप्रे्रक्षमानेपाल सरकार र उद्योग क्षेत्रले के कस्ता तयारी गर्नुपर्छ भन्नेबारे सुझाव समेत दिएको छ ।

विशेषगरी कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गइरहेकोले सरकारबाट खोप खरिद प्रक्रियालाई पहिलो प्राथमिकतामा राखी तुरुन्तखोप लगाउने कार्य थाल्नु पर्ने, खोप आयात कार्यमा निजी क्षेत्रलाई समेत सामेल गराएर अरु देशका खोपहरुलाई फास्टट्रयाकमा अनुमतिप्रदान गरी खोपलाई अभियानको रुपमा नेपालभर अगाडी बढाउने सुझाव पनि दिएको छ ।

परिसंघले अहिलेको अवस्थामाआपूर्ति व्यवस्थालाई सुदृढ गर्नको लागि उद्योग व्यवसाय र यातायात क्षेत्रमा काम गर्ने कर्मचारी र मजदुरलाई खोपको व्यवस्थागर्न माग गरेको छ । त्यसैगरी,अक्सिजनको आपुर्ति व्यवस्थालाई सहज बनाउन उद्योगहरुसँग समन्वय गरी अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिने र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिन सरकारसँग आग्रह गरिएको छ ।

कोभिडको पहिलो लहरबाट पाठ सिकेर उपचारमा आवश्यक बेड, औषधि, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीको अभावहुननदिनअहिले नैतयारी गर्नुका साथै क्षमता अभिवृद्धि समेत गर्न सुझाव दिएको छ ।

साथै, निजी क्षेत्रले कोभिडको नियन्त्रण गर्न औषधिएवं स्वास्थ्यउपकरण र खाद्य क्षेत्रमाकुनै खर्च गरेमात्यसलाई सामाजिकउत्तरदायित्वको रुपमालिएर आयकरमा छुटको व्यवस्था गरेमाकोभिड विरुद्धको युद्धमा सहभागीहुननिजी क्षेत्रलाई उर्जा प्रदानहुने परिसंघको सुझाव रहेको छ ।

नेपाल सरकारले कोरोनाको जोखिम कम गर्न तोकेका मापदण्डहरुको वेवास्ता गर्नाले अवस्था अनियन्त्रित बन्दै गइरहेको तर्फ संकेत गर्दै सर्वसाधारणलाई स्वास्थ्य मापदण्ड पालना गराउन जोड दिनुका साथै जटिल परिस्थितिभएका क्षेत्रमानियन्त्रित लकडाउन गर्नु पर्ने धारणा परिसंघको छ ।

सीमामा गरिने क्वारेन्टाईन तथा टेस्टिङले लक्षित नतिजा नदिएको र नेपाल भारतको लामो खुल्ला सीमाकाकारण समेत यो व्यवहारिक तथा प्रभावकारी नदेखिएकोले सीमाबाट मानव आवतजावतलाईप हिलेजस्तै बन्दगर्नुपर्ने सुझाव परिसंघको रहेको छ ।

त्यसैले, नेपाललाई ट्रान्जिटका रुपमाप्रयोग गरी मानव आवतजावत भइरहेकोले यसलाई निरुत्साहित गर्नु पर्ने सुझाव दिएको छ । सरकारले सम्पूर्ण मनोरञ्जनात्मक जमघट, पार्टी, सभा, सम्मेलनतथा मठमन्दिर, मस्जिद र चर्च जस्ता धार्मिक क्षेत्रहरु तत्काल बन्द गर्नुपर्ने धारणा परिसंघको रहेको छ ।

परिसंघले तुरुन्तै कार्यान्वयन गरिनु पर्ने विषयहरुमा सरकारलाई सुझाव दिँदै पीसीआर परिक्षण क्षमतालाई व्यापक वृद्धि गर्न, सार्वजनिक सावारी साधानमा यात्रुको संख्यालाई कमगर्न, आवश्यक परेमा यातायात व्यवसायीलाई राहतकाप्याकेज घोषणा गर्न, वस्तु तथा सेवाको आपूर्तिमा सहजताको सुनिश्चिता गर्न सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.