नक्कली पीसीआर परीक्षण रिपाेर्ट बनाउने सूरियाको अनुमतिपत्र रोक्का

  २०७८ वैशाख ९ गते १३:१९     विकासन्युज

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने सूरिया हेल्थकेयर प्रालिलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) ले कारबाही गरेको छ । एनपिएचएले कारबाही स्वरुप उक्त प्रयोगशालाको सञ्चालन अनुमति निलम्बन गरेको हो ।

अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि उक्त हेल्थकेयरकाे अनुमतिपत्र निलम्बन गरिएको हो । अब उक्त हेल्थकेयरले कोभिड–१९ लगायत अन्य कुनै प्रयोगशाला सम्बन्धी परीक्षणहरु गर्न पाउँदैन ।

सिनामंगलस्थित सुरिया ल्याबले कारोना परीक्षण नै नगरी कोराना संक्रमण नभएको (नेभेटीभ रिपोट) भनेर रिपोर्ट दिने गरेको भन्दै मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाले ल्याबमा छापा मारेको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार नै सूरिया हेल्थकेयरलाई अनुमति निलम्बन गरिएको भन्दै अनुसन्धान सम्पन्न नहुँदासम्म कुनै पनि परीक्षण नगर्न निर्देशन दिईसकेको जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.