बुधबार २३ सय ५१ मा काेराेना पुष्टि, हरेक ४ दिनमा संक्रमण डबल

  २०७८ वैशाख ८ गते १६:४६     विकासन्युज

काठमाडाैं । बुधबार नेपालमा २३ सय बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्नालयकाे अनुसार बुधबार २३९१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमकाे अनुसार पछिल्लाे समयकाे संक्रमण दर हेर्दा  हरेक ४ दिनमा संक्रमण डबल भएकाे देखिएकाे छ । गाैतमले यस्ताे समयमा अति आवश्यक परेकाे बेला मात्र घरबाट निस्कनलाई अनुराेध गरेका छन् ।

‘हालकाे संक्रमण दर हेर्दा हाम्राे देशकाे संरचनाले नै धान्न नसकिने देखिएकाे छ त्यसैले सबैजना घरैमा बसेर सहयाेग गरिदिनु हाेला,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.