सोमबार नेपालभर १२ सय बढी कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

  २०७८ वैशाख ६ गते १६:५१     विकासन्युज

काठमाडौं । सोमबार नेपालभर १२२७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा १२२७ जना संक्रमित थपिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८५ हजार ९०० जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या ७ हजार २५४ पुगेको छ ।

नेपालमा आजसम्म २३ लाख ५२ हजार ५०२ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज २५५ जना निको भएसँगैं हालसम्म २ लाख ७५ हजार ७५५ जना निको भएर घर गइसकेका छन ।

पछिल्लो २४ घण्टामा ८ जनाको कारोनाको कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.