टिभीएस मोटर्सले ‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ लाई स्पाेन्सर गर्ने

  २०७८ वैशाख ५ गते १७:१६     विकासन्युज

काठमाडौं । टिभीएस मोटर्स कम्पनीले नेपालमा पब्जी मोबाइल च्याम्पियनसिप २०२१ स्पाेन्सर गर्ने भएकाे छ ।

४५ दिनसम्म चल्ने यस च्याम्पियनसिपकाे रेजिस्ट्रेसन आजदेखि सुरु भएकाे छ । यसकाे तीन भाग्यशाली विजेताले टिभिएस एन्टोर्क १२५ सुपर स्क्याड एडिसन स्कूटर जित्नेछन् ।

पब्जी नेपालको जेन जि मध्येको एक लोकप्रिय खेल हो र यो च्याम्पियनसिप गेमिंङ्ग क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीहरुलाई प्रस्तुत गर्दछ ।

कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले नेपालका युवाहरुलाई सधै प्रेरित गर्ने आफुहरुकाे लक्ष्य भएकाे कारण यस्ता च्याम्पियनसिपहरुमा आफुहरु आगामी दिनहरुमा पनि संलग्न हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.