सुबिसुका ग्राहकलाई १ लाखसम्मकाे स्वास्थ्य बीमा नि:शुल्क

  २०७८ वैशाख ५ गते १६:५५     विकासन्युज

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले नयाँ वर्षको अवसरमा ग्राहकहरुका निम्ति “इन्टरनेट मस्त जीवन स्वस्थ” अफर ल्याएकाे छ ।

यस अफर अन्तर्गत कम्पनीका ग्राहकहरुले एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नविकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने याेजना ल्याएकाे जानकारी दिएकाे छ ।

कम्पनीकाे अनुसार याे अफर २० एमबिपिएस भन्दा माथिको ब्याण्डविथमा लागु हुनेछ । कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको हो ।

याे अफर सिमित अवधीका लागि रहनेछ  कम्पनीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.