एकैदिन १ हजार ९६ जनामा कोरोना संक्रमण

  २०७८ वैशाख ५ गते १६:३७     विकासन्युज

काठमाडौं । आइतबार एकैदिन एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा नेपालमा एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १५ जनाको पीसीआर परीक्षण र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

पछिल्लाे २४ घन्टामा ५ हजार ८४ नमुना पिसिआर परिक्षण र १ हजार १५ जनाकाे एन्टिजेन परिक्षण गरिएकाे थियाे । त्यसैगरी, आइतबार २ सय ६२ जना संक्रमणमुक्त भएका छन्  भने देशभर ८५ जना क्वारेन्टिनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सर्वाधिक ४३५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.